नाकाको विकासमा जोड

९ पुस-रसुवागढी नाकालाई विस्तार गर्न नुवाकोट र चितवनका सरोकारवालाहरुले जोड दिएका छन् । चितवनको ठोरी र रसुवाको रसुवागढी नाका भारत र चीनलाई नेपालको बाटो हुदै जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले यी दुई नाकाको विकास र विस्तारमा सबैले जोड दिनु पर्ने धारणा राखेका छन् ।

‘तीन नम्बर प्रदेशको निकास–ठोरी केरुङ मार्गको विकास’ भन्ने नाराको साथ चितवनको ठोरीबाट नुवाकोट हुदै रसुवागढी नाकासम्मको मोटरसाइकल ¥यालीको विदुरमा स्वागत गर्ने क्रममा नुवाकोट र चितवनका सरोकारवाला, राजनीतिक दलका नेता र व्यवसायीहरुले नेपालको विकासको लागि यी दुई नाकालाई पूर्ण रुपमा विकास गर्न सरकारले ध्यान दिनु पर्ने बताएका हुन् । बीरगञ्ज नाका सञ्चालन हुनु भन्दा पहिले ठोरी नाका सञ्चालनमा रहेको थियो । बीरगञ्ज नाका सञ्चालनमा आएपछि सुनसा नबनेको ठोरी नाका नेपाल लागि सहज हुने व्यवसायीहरुले बताउदै आएका छन् । राजधानी काठमाडौंबाट पनि बीरगञ्जको तुलनामा ठोरी नजिक पर्ने भएकोले दुरीको हिसावले ठोरी उपयुक्त र चीनसगको नाकासम्ग पनि ठोरी नजिक पर्ने भएकोले यो नाका उपयुक्त भएको ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलले बताउनुभयो ।

12376130_908199589229533_6421421812954662107_n

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपालको विकासको लागि भारत र चीनसँग नयाँ नाका विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाले रसुवागढी नाका र ठोरी नाकालाई पूर्ण रुपमा विकास गर्न सरकारले ध्यान दिनु पर्ने र आफूले केन्द्रमा पनि कुरा उठाउने बताउनुभयो ।

चितवत उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले तीन नम्बर प्रदेशलाई समृद्ध बनाउन यी दुई नाकाको विकास नै पहिलो खुड्किलो भएको बताउनुभयो ।नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले नुवाकोटलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नको लागि यी दुई नाकाको विकास र सहज पहुच नै पहिलो आधार भएको बताउनुभयो ।राजनीतिक दलका नेताहरुले केन्द्रमा दबाब दिएर यी दुई नाकालाई ध्यानमा राखेर बजेट विनियोजन गर्न सहभागीहरुले जोड दिएका थिए ।

प्रेसमाथिको हस्तक्षेप क्षम्य हुन्न – अध्यक्ष आचार्य

नेपालगञ्ज, १३ मंसिर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमाथिको हस्तक्षेप कुनै पनि बहानामा क्षम्य नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, बाँकेअन्तर्गत गठित फ्रि ...