यु–१९ नेपाली टोली विजयी

२४ पुस- विश्वकप क्रिकेटको तयारीमा रहेको १९ वर्षमुनिको नेपाली टोलीले भारतको हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसनसँगको खेल जितेको छ ।

nepali u 19 cricket team at Dharmashala

धर्मशालामा शुक्रबार भएको खेलमा नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसन ११ लाई ८ विकेटले हरायो । जितका लागि ३० ओभरमा १ सय ६८ रन बनाउनु पर्ने लक्ष्य पाएको नेपालले १४ बल अघि नै भेट्टायो । नेपाललाई जिताउन सुनिल धमलाले नट आउट शतक पुरा गरे ।हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसन ११ सँग यसअघि खेलेका २ खेलमा नेपालले एक खेल जितेको थियो भने अर्को खेल हारेको थियो । बंगालेशमा माघ ८ गतेदेखि सुरु हुने विश्वकप अघि नेपालले भारतमै अफगानिस्तानसँग दुई वटा अभ्यास खेल खेल्दै छ ।

नेपाल र अफगानिस्तानको १९ वर्षमुनिको टिमबीच पुस २७ र २९ गते दिल्लीमा २ वटा अभ्यास खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

राजपालाई निर्वाचनमा आउन सरकारले रोक्योः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपालाई चुनावमा ल्याउन सरकारले रोकेको आरोप लगाएका छन् । मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रश्न ...