अन्तर्राष्ट्रिय सम्मेलन गरी बुद्ध जयन्ती मनाइने

२९ पुस- सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६० औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताए ।Lord-Gautam-Buddha

मन्त्री पोखरेलले भने, ‘विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध नेपालमा जन्मिए । बुद्धत्व प्राप्त नगरी जन्मिएको भए एकैपटक परिवार, राजदरबार र श्रीपेच तीन कुरा त्याग गर्न कसरी सक्थे रु जन्मदै बुद्धत्व प्राप्त नगरेको भए यो कुरा सम्भव थिएन ।’नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशको पाठ्यपुस्तकमा भारत उल्लेख भएको पाइएको र त्यसबारे आफूले ती देशसँग दूतावासमार्फत पाठ्यपुस्तकमा परिमार्जन गर्न आग्रह गरेकोसमेत जानकारी उनले दिए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा। नरेशमान बज्राचार्यले बुद्ध दर्शनले विश्वलाई नेतृत्व दिनसक्ने विचार प्रकट गर्दै त्यसका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न जरुरी भएको बताए ।

बौद्ध गुरु तोक्वोचे मोनास्टी (औतारी लामा) ले गौतम बुद्धलाई संसारले दिएजस्तो महत्व जन्मथलो नेपालले दिन नसक्दा विभिन्न खालका भ्रम पैदा भएको बताए ।बौद्ध गुरु छुकिनिमा रिम्पोचे र ज्ञानपूर्णिक महास्थविरले बुद्धका सुरुका चेलाहरु नेपालकै हिन्दू गुरुहरु भएको र ताम्रपत्रमा अझै इतिहास सुरक्षित रहेको स्पष्ट पारे ।सरकारले २५६०औँ बुद्धजयन्तीका अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको हो ।

हिट कलाकार जन्माउने निर्माता, जसले यीनलाई डेब्यु गराए

संयोग नेपाल नेपाली चलचित्र उद्योगलाई बामे सर्दै गरेको उद्योग भन्नेहरुको जमात ठुलो छ  । पहिला नेपाली चलचित्र भन्दा नाक खुम्च्याउनेहरु अहिले ‘कुन फिल्म चल्या छ ...