वानले आतंकवादलाई बढावा दिएको आरोप

१३ माघ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आतंकवादलाई बढावा दिएको आरोप लगाउनुभएको छ ।

_87943380_87943379

इजरायल र प्यालेस्टाइनबिच चलिरहेको द्वन्द्वका विषयमा राष्ट्रसंघ महासचिव वानले प्यालेस्टाइनी नागरिकको उदाहरण दिँदै आफ्नो खोसिएको क्षेत्र फेरि प्राप्त गर्न चाहनु मानव स्वभाव नै रहेको बताउनुभएको थियो ।

राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा महासचिव वानले प्यलोस्टाइनीद्वारा इजरायली नागरिकमाथि हालै भएका आक्रमणको निन्दा पनि गर्नु भएको थियो । राष्ट्रसंघ महासचिव वानले सुरक्षा परिषदमा बोलेको कुराले आतंकवादलाई बढावा दिएको इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाई छ । आतंकवादको कुनै पनि औचित्य नरहेने भन्दै नेतन्याहुले वानको भनाई न्यायसंगत नभएको बताउनुभयो । गएको अक्टोबरदेखि अहिलेसम्म संघर्षको क्रममा एक सय ५५ जना प्यालेस्टाइनी, २८ जना इजरायली तथा एक अमेरिकी नागरिकको ज्यान गएको छ । गएको सोमबारबमात्रै २४ वर्षकी एक इजरायली महिलाको चक्कु प्रहार गरी हत्या भएको थियो ।

चित्रबहादुर केसी बन्दसूचीको एक नम्बरमा

काठमाडौं कात्तिक १८ , दोस्रो संविधानसभामा तीन स्थानको प्रतिनिधित्व गरेको राष्ट्रिय जनमोर्चाले यसपटक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यतामा पुग्न सकिन्छ कि सकिँदैन भन्ने संघर्षमा ...