टर्कीमा विस्फोट, २८ जनाको मृत्यु

६ फागुन – टर्कीको राजधानी अंकारामा भएको शक्तिशाली विस्फोटमा २८ जनाको ज्यान गएको छ । अंकाराका गभर्नरले घटनाको पुष्टी गर्नु भएको छ । विस्फोटमा परि अन्य ६१ जना घाइते भएका छन् ।160217174135_ankara_explosion_624x351_afp_nocredit

टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिक विस्फोट भएको हो । सैनिकको गाडी गैरहेको स्थानमा बिस्फोट भएको हो । कार्यकारी प्रधानमन्त्री बेकिर बोजडगले आक्रमणलाई आतंकवादी गतिविधि भन्नु भएको छ ।विस्फोट भएको स्थानबाट आगो तथा धुवाँको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । अंकाराको गभर्नर कार्यालयले कारबम विस्फोट भएको जनाएको छ । तर प्रधानमन्त्री कार्यालयले भने विस्फोटका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।

विस्फोटमा परि ज्यान गुमाउनेमा सर्वसाधारण नागरिक पनि रहेको जनाइएको छ । घटना लगतै एम्बुलेन्स तथा अग्निनियन्त्रक खटिएका थिए । टर्कीमा पछिल्ला दिनमा यस किसिमका आक्रमण धेरै भएका छन् ।

झापाका १५ स्थानमा ओली अगाडि कि सिटौला ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्लाका रुपमा परिचित झापाको चुनावी राजनीतिलाई विशेष चासो र महत्वका साथ हेरिएको छ । ...