लिबियामा हवाई आक्रमण, ४० को मृत्यु

८ फागुन– लिबियामा रहेको बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको अखडामा भएको हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ ।160219141331_libya_attacks_reuters_624x351_reuters

राजधानी त्रिपोलीबाट ७० किलोमिटर पश्चिममा रहेको साब्राटामा अमेरिकी लडाकु विमानले आइएसको तालिम केन्द्रलाई लक्षित गरेर आक्रमण गरेका हुन् । हवाई आक्रमणबाट त्यहाँ रहेका घरहरु पूर्णरुपमा नष्ट भएका छन् ।ट्युनिसियाको सीमा नजिक रहेको त्यस क्षेत्रमा गएको वर्ष ट्युनिसियामा भएको दुई वटा प्रमुख आक्रमणमा संलग्न बिद्रोही नेता नुरुद्दिन शुशाने रहेको आशंकामा आक्रमण भएको साब्राटाका सरकारी अधिकारी हुसेन अल दवादीले बताउनुभयो ।

हवाई आक्रमणमा परि मारिनेमा अधिकांश ट्युनिसियाका नागरिक छन् । गएको वर्ष ट्युनिसियामा भएको एक आक्रमणमा ३० जना बेलायती नागरिकको ज्यान गएको थियो ।

घटनाको ९ बर्षपछि अपराधी सार्वजनिक गर्यो नुवाकोट प्रहरीले

घटनाको नौ वर्षपछि मानव वेचविखनमा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरि नुवाकोट प्रहरीले सार्वजनिक गरेको छ । नुवाकोटको पुर्वी भेगमा रहेको दुर्गम घ्याङफेदीकी एक ...