मध्य रातमा गोरखामा पराकम्प

१० फागुन– गोरखा केन्द्रविन्दु भएर पराकम्प गएको छ । आइतबार राति ११ बजरे ५४ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।images

पराकम्पको धक्का गोरखासहित धादिङ तथा काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । यसअघि गएको माघ २२ गते राति १० बजेर पाँच मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलकै पराकम्प गएको थियो । त्यसपछि पनि चार रेक्टर स्केलमाथिका तीन वटा पराकम्प गएका थिए ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका ४ सय ३४ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।

सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

लहान, २० मंसिर सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर ...