१० फागुन-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा नविना लामा विजयी हुनु भएको छ । लामाले अध्यक्षका अर्का उम्मेद्वार दीपक गौतमलाई २१६ मतले हराउनु भयो ।
लामा रामकुमारी झाँक्रीपछि अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला नेतृ हुनुहुन्छ । पदाधिकारीमा सबैजसो लामा प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
१५ सय ९७ प्रतिनिधि रहेकोमा चुनावमा १५ सय १९ जनाले मतदान गरेका थिए । अनेरास्ववियुमा १ सय ४१ सदस्य सहित राष्ट्रिय परिषद सदस्य, अनुशासन आयोग र लेखा आयोगको १५(१५ जना सदस्य चयनको लागि चुनाव भएको हो ।
