११ फागुन – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुननिर्माण कार्यले नेपालको पुननिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताउनुभएको छ ।
भूकम्पपछि पुननिर्माण भएको भुज सहरको अवलोकनपछि उहाँले नेपालमा पनि भूकम्पपछिको पुननिर्माणका लागि थप आत्मबल बढेको बताउनुभयो । सन् २००१ मा भूजमा गएको भूकम्पले सहरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुननिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गर्नुभयो । रासस
![e'hsf] k'gMlgdf{0f ef/tsf] u'h/ft k|fGtsf] e'h ;x/df e"sDkdfkg s]Gb| :yfkgf ul/ e"sDkkl5 k'gMlgdf{0f ul/Psf] 5 . tl:a/ M k|sfz l;njfn, u'h/ft-ef/t_, /f;;](http://radiolangtang.org.np/wp-content/uploads/2016/02/Gujrat-Bhuja.jpg)