अभिमुखिकरण कार्यक्रम सम्पन्न

१९ फागुन–प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले रसुवा जिल्लामा संचालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी आज प्रमुख जिल्ला अधिकारी श्री शिबराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रत्येक गाबिसलाई आफ्नो कार्यक्षेत्र बनाएको केन्द्रले गत बैसाख १२ गते गएको महाँभुकम्प पछि समुदाय स्तरमा उत्पन्न हुने विवादलाई समुदाय स्तरमा नै समाधान गरि दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार ढाकराम पौडेलले सामुदायिक मेलमिलाप कार्यक्रम र यसको कानुनी ब्यबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सहित जिल्लाका बिषयगत निकायका ३५ जना सहभागीहरुको उपस्थिती रहेको थियो ।

IMG_0165

जिल्लाका बार्ताकार बलराम घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका कार्यक्रम संयोजक श्री उद्धबप्रसाद अधिकारीले स्वागत मनतब्य राखेका थिए । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका राष्ट्रीय श्रोत ब्यक्ति नेत्र धितालले संस्थाको चिनारी र कार्यक्रमको बारेमा आफ्नो प्रस्तसती गरेका थिए । रसुवा जिल्लामा हालसम्म यस कार्यक्रले गरेका गरिबिधिहरु र भाबी कार्ययोजनाको प्रस्तुती जिल्ला कार्यक्रम संयोजक उज्ज्वल आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले यस सामुदायिक मेलमिलाप कार्यक्रमलाई सबै सरोकारवाला निकायहरुले सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो । गेललाले आयोजक संस्थालाई तयार गरिएका मेलमिलापकर्ताहरुलाई दक्ष बनाएर मात्र कार्यक्षेत्रमा पठाउनका लागी सुझाब दिनुभएको छ । यस मेलमिलाप कार्यक्रमलाई दिगो रुपमा संचालन गर्नका लागी भोलीका दिनहरुमा दातृ निकायको मुख मात्र नताकी स्थानिय स्तरमा नै गाबिसबाट श्रोत जुटाएर यस अभियान सफल पार्नु पर्नृे कुरामा प्रमुख जिल्ला अधिाकरीले जोड दिनुभयो ।

IMG_0176

IMG_0211

समानुपातिकको मतगणना चल्दै

रसुवा मंसिर २७, मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै क्षेत्रको अन्तिम ...