देउवा कांग्रेस सभापतिमा निर्वाचित

२५ फागुन, काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले निर्वाचित भएका छन् । देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यवाहक सभापति समेत रहेका  रामचन्द्र पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।

सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको सभापति बनेका हुन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ । आइतबार भएको पहिलो चरणको मतदानमा देउवा मात्र ११ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए । तर, दोस्रो चरणमा देउवाले आफ्नो मत बढाउँदै सभापति बनेका छन् ।

कांग्रेसको निर्वाचन समितिका अनुसार सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ३ हजार १२० मत खसेको थियो । तर, मत मत गणनाका क्रममा २० मत बढी भेटियो, जुन अधिकांश नमुना मत पत्रहरु थिए । सहमतिका आाधारमा सबैलाई खसेको मत मानेर तोकिएको मापदण्ड नपुगेका २२ मतलाई बदर गरिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए ।

१० औं र १२ औं महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । सुशील कोइरालाको निधन लगतै भएको महाधिवेशनबाट देशको सबैभन्दा ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौबाट महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो ।

२०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने पटक-पटक हारेका थिए ।

दुई खान एकसाथ

१४ साउन-बलिउडका दुई खान अभिनेता शाहरुख खान र सलमान खानले एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । यस राज फिल्मसका आदित्य चोपडा करन–अर्जुनमा सँगै काम ...