नुवाकोटको तुप्चेमा भिषण आगलागी

संयोग नेपाल

चैत १०, नुवाकोट । नुवाकोेट तुप्चेको, तुप्चे भैरब सामुदायिक वनमा मंगलबार साँझदेखि लागेको डढेलोले १६० हेक्टर बन नष्ट भएकोे छ ।

हिजो साँझ करिव ५ बजेबाट अकस्मात सुरु भएको आगो तुप्चे ६ र ९ को जंगल नजिकैको बिद्यालयसम्म आएपछि राति दश बजेसम्म अग्नी रेखा कोरी स्थानीयहरुले बिद्यालय भने जोगाएका थिए । गएराती देखी लागेको आगोले एक तर्फको जंगल पूरै सखाप भएर अर्कोतर्फबाट सुरु भएको स्थानियले बताएका छन् ।

अहिलेसम्म नियन्त्रणमा आउन नसकेको आगलागीका कारण साल, सल्ला, उत्तिस, चिलाउने लगायतका जातका बहुमूल्य रुखबिरुवा तथा पशुपंक्षीका बासस्थान जलेर नस्ट भएको छ । तुप्चेको राजकुलोबाट सुरु भएको आगो माथिबाट निभाउने सम्भावना नरहेको र ठूलो क्षेत्रफलमा फैलिएको कारण रातीसम्म बस्ती र बिद्यालय जोगाउने प्रयास मात्र गरेको स्थानिय टेक बहादुर खातीले बताउनुभयो ।

सदरमुकामदेखि आठ किलोमिटर टाढा रहेको यहाँ बर्षेनी आगलागि हुने गरे पनि आगो लगाउनेको पहिचान गरी कारबाही भने हुन सकेको स्थानिय बैकुण्ठराज रिजालले बताउनुभयो ।

कमल थापा मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष चुनाव लड्ने

रसुवा कार्तिक ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष चुनाव लड्ने भएका छन । राष्ट्रिय प्रजातन्त्र ...