७ गाविस सचिबहरु आन्दोलन ।।

२१ चैत, रसुवा । एक गाविस एक सचिबको माग राख्दै रसुवाका गाविस सचिबहरु आन्दोलनमा उत्रिएपछि रसुवाको ७ गाविसको दैनिक काम काज ठप्प भएको छ । लहरेपौवा, धैबुङ, भोर्ले, हाकु, स्याफ्रु, थुमन र गोल्जुङ गाविसको कामकाज आजदेखि ठप्प गरिएको गाविस हकहित संरक्षण केन्द्र जिल्ला कार्य समिति रसुवाका अध्यक्ष पूर्ण भण्डारीले बताउनु भयो । ११ जना गाविस सचिबले १८ गाविसको जिम्मेवारी सम्हाल्दा भुकम्प प्रभावित नागरिकको चाहना अनुरुप छिटो छरितो कार्य सम्पादन गर्न नसकिएको भन्दै सबै गाविसमा सचिब नियुक्त गर्न दबाब स्वरुप आन्दोलनमा उत्रिएको भण्डारीको भनाइ छ ।

Rasuwa Gabisa Sachib Aandolan

गाविस सचिब नियुक्त गर्न सचिबले बुझाउन गएको ज्ञापनपत्र जिल्ला विकास समिति रसुवाका निमित्त स्थानिय बिकास अधिकारी उर्मिला काफ्लेले अस्वीकार गरेपछि सचिबहरु थप आक्रोशित भएका हुन् । निमित्त स्थानीय विकास अधिकारी उर्मिला काफ्लेका अनुसार छाप बुझाउने वँुदा हटाउन अनुरोध गर्दा सचिवहरूले नमानेपछि  ज्ञापनपत्र बुझ्न नसकिएको हो । गाविसमा सेवा लिन आएका सेवाग्राहीहरू सचिवले काम गर्न नमानेपछि मर्कामा परेका छन् ।