रसुवाको धैबुङमा सुविधा सम्पन्न सभाहल बन्दै

बिश्वास नेपाली, चैत २२, रसुवा । रसुवा जिल्लाको कालिकास्थानमा बहुउद्देश्यीय एकीकृत सेवा केन्द्र सभाहल भवन निर्माण हुने भएको छ । सोमबार कालिकास्थानमा आयोजित एक कार्यक्रमको बीच उक्त जानकारी गराइएको हो । रसुवा जिल्लाका प्रत्यक्ष निर्वाचित सासंद् माननीय जनार्दन ढकालको प्रयासमा जिल्लाको दक्षिण क्षेत्रको ८ गाविसलाई सरकारी सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त भवन निर्माण गर्न लागिएको हो । सभासद् ढकाल योजना कार्यान्वयन गराउनको लागि गाउँगाउँ पुगेका छन् । उनी आज रसुवा जिल्लाको कालिकास्थान आइपुगेका थिए । उनकै प्रयासमा जिल्लामा ठूला ठूला योजनाहरु निर्माण प्रक्रिया अघि बढेका छन् ।

कालिकास्थानमा निर्माण हुन लागेको उक्त सेवा केन्द्र भवनको लागि भर्खरै मात्र नेपाल सरकार अर्थ मन्त्रालयबाट ८ करोड बजेट विनियोजन गराइएको माननीय सासंद् जनार्दन ढकालले जानकारी दिनुभयो । सासंद् ढकालले एकीकृत सभाहल निर्माणको लागि एक हप्ताभित्र बजेट विनियोजना गराइ प्रक्रिया अगाडी बढाउन भूमिका खेल्नुभएकोमा आफूलाई अचम्म लागेको सहरी तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका इन्जिनियर राजेन्द्र खतिवडाले जानकारी गराउनुभयो । साथै आगामी एक महिनाभित्र नक्सा डिजाइन र लागत स्टीमेट तयार गरी प्रक्रिया अघि बढ्ने पनि कार्यक्रमको अवसरमा जानकारी दिनुभयो ।

Janardan Dhakal

कार्यक्रमको अवसरमा सासंद् ढकालले आफूले जिल्लाको विकास गर्नको लागि अहोरात्र खटिरहेको पनि बताउनुभयो । उहाँले कालिकास्थानमा छिट्टै एकीकृत सभाहलसहितको एकीकृत सेवा केन्द्र भवन निर्माण हुने र उक्त भवनबाट सबै सरकारी सेवा जनताले लिने सक्नेछन् । साथै उक्त भवन जिल्लाकै नमुनाको रुपमा स्थापना हुने पनि सासंद् ढकालले बताउनुभयो ।

उक्त सभाहल ठूलो हुने र हाल कालिकास्थानमा नेपाल सरकारकै नाममा दर्ता कायम रहेको जग्गामा निर्माण सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अवसरमा कालिकास्थानमा इलाका प्रहरी कार्यालय स्थापना हुनुपर्ने माग पनि उठेको थियो ।सासंद् ढकालले प्रहरी कार्यालय कालिकास्थानलाई इलाकास्तरमा स्तरोउन्नती गर्नको लागि प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले कालिकास्थानबाटै सहजरुपमा सरकारी सेवा प्रदान गर्नको लागि एकीकृत सेवा केन्द्रले महत्वपूर्ण खेल्ने बताउनुभयो । साथै भवन निर्माण प्रक्रियामा सहयोग र साथ दिनको लागि सबैलाई प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभयो ।

कार्यक्रममा  प्रहरी नायव उपरिक्षक अवदेश विष्ट, निमित्त स्थानीय विकास अधिकारी उर्मिला काफ्ले, वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँई, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र सेवा ग्राही स्थानीयबासी सहभागी भई सेवा केन्द्रस्थापना लागि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

साउदी अरब गएका नुवाकोटका एक युवा मृत भेटिए

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका नुवाकोटका एक युवा मृत भेटिएका छन् । नुवाकोटको विदुर नगरपालिका गेर्खुका शम्भुजंग पाण्डेको शव सोमबार बिहान समुद्रको छेउमा भेटिएको ...