पक्की पुल निमार्णमा ढिलाई

२३ चैत, भोर्ले । रसुवा जिल्लाको भोर्ले गाविसस्थित पाहा खोलामाथि निर्माणाधिन पक्की मोटरबाटो पुल निर्माण थालनी भएको चार वर्ष वितिसक्दा पनि अझै निर्माणले पूर्णता पाउन सकेको छैन ।

ग्रामिण कृषि सडक तथा पहुचमार्ग बिस्तार कार्यक्रम अन्तर्गत रसुवाको दक्षिणपूर्वि भेगको जनजीवन सहज बनाउने लक्ष्यसहित निर्माणाधिन बोगटीटार(सिमले(भोर्ले(पाच्र्याङ सडक खण्डको भोर्ले ६ अम्बासेस्थित पाहाखोलामा निर्माणाधिन पूल निर्माण समयमै सम्पन्न नहुदा जिल्लाका भोर्ले, यार्स र सरमथाली गाविसका पूर्वाधार निर्माण लगायत स्थायीन सर्वसाधारण तथा किसानहरुले चर्को समस्या झेल्दै आएको भोर्ले गाविसका शिक्षक लिलानाथ आचार्यले बताउनुभयो ।

Bridge of nepal

सभा दुई करोडको लागतमा निर्माणाधिन ३७ मिटिर लम्बाईकोे सो स्टील ट्रष्ट ब्रिज निर्माणको लागि काठमाण्डौंस्थित गुल्लीभर वल्र्ड कन्स्ट्रक्सन कम्पनीले आर्थिक वर्ष ०६९÷७० बाट निर्माण कार्य शूरु गरेकोमा चार आर्थिक वर्ष बितिसक्दा समेत कम्पनिले तदारुकता नदेखाएका कारण अहिले पूल निर्माण कार्य अलपत्र परेको र पुल निर्माणमा प्रयोग गरिएका फलामे छडमा समेत खिया परेको छ ।

पूल निर्माणमा भएको ढिलाईसंगै रसुवाको दक्षिणपूर्वि भेगका झण्डै १५ जनसंख्या प्रत्यक्ष प्रभावित भएको छ । जसका कारण कृषि उपजको बजारीकरण लगायत रसुवा र नुवाकोट सीमास्थित फलाखु खोलामा निर्माणाधिन २० मेघावाट क्षमताका बिभिन्न जलबिद्युत आयोजना निर्माण कार्यमा समेत बाधा पुगेको छ ।

हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी भने आश्चर्यमा

सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर ...