नुवाकोटको सामरीमा आगलागी, २० लाखको क्षति

२९ चैत, नुवाकोटको सामरी गा.बि.स. मा आगलागी हुँदा रु बिस लाख बराबरको क्षति भएको छ ।
स्थानिय प्रेम बहादुर तामाङको घरमा अचानक लागेको आगोले २ तले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ । आगलागीले घरभित्र रहेको ३ तोला सुन, १५ मुरी धान, ७ मुरी कोदो, १५ मुरी मकै, रु ४५,००० नगद लगायत अन्य सरसामान गरी जम्मा २० लाख बराबरकोे क्षति भएको  छ । दिउँसो २ बजेबाट अचानक सुरु भएको आगो स्थानियबासी र प्रहरीको सहयोगमा साढे ३ बजे नियन्त्रणमा लिईएको थियो । आगलागीबाट मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

एमाओवादीको टोली ओली निवासमा

२२ असोज- सरकार गठनबारे नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच छलफल सुरु भएको छ । स्थायी समिति बैठकले एमालेको नेतृत्वमा कांग्रेस सहितको सरकार गठन गर्ने ...