रसुवामा बर्खा अघि नै भूकम्प पीडितलाई छानो मुनि ल्याउने काम शुरु ।।

जेठ ४ ।आफ्नो थातथलो छाडेर अन्यन्त्र बसोवास गरिरहेकाहरूको लागि रसुवामा बर्खा अघि नै सामुहिक आवास निर्माण गरिने भएको छ । जेठ महिनाभित्रै भुकम्प पिडितलाई छाना मुनि ल्याउने सरकारको योजना अनुसार रसुवामा कार्य सुरू गरिएको हो । थातथलो छाडेर व्यक्तिगत तथा सार्वजनिक स्थानमा बसिरहेकाहरूलाई बर्खामा सुरक्षित स्थानमा राख्नका लागि सहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाको नेतृत्वमा राजनैतिक दलका प्रमुख एंव प्रतिनिधि सहित प्राविधिक टोली आजदेखि गाँउ खटिने भएका छन् । प्राविधिक टोलीले सुरक्षित स्थान पहिचान गरी सार्वजनिक पर्ती जग्गामा सामुहिक आवास निमार्णका लागि १० दिनभित्र टेन्डर आह्वान गरेर कार्य सुरू गर्ने डिभिजन कार्यलय रसुवाले जनाएको छ ।

स्याफ्रु गाविसको गाविस भवन क्षेत्र र धुन्चेको चरन क्षेत्रमा जग्गा प्राप्त भैसकेको छ भने लहरेपौवाको वोगटीटार, सातविसे, लामाटोलमा वसोवास गरिरहेकाहरूको लागि जग्गा प्राप्तीको लागि आजदेखि अध्ययन गरिने भवन डिभिजन प्रमुख खतिवडाले वताउनुभयो । भुकम्पले हाकु, डाँडागाँउ र ठुलोगाँउमा सुख्खा पहिरो र लाङटाङमा हिमपहिरो झरेपछि ४ सय २२ घरधुरी गाँउ छाड्न वाध्य भएका थिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सामुहिक आवास निर्माणका लागि ८ जना, १२ जना, १६ जना, २० जना र ३२ जनाको परिवारको आवास निमार्णका लागि नमुना नक्सा बनाएर जिल्ला जिल्लामा पठाएको छ ।

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप

१४ भदौ- पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ...