विकास योजना सार्वजनिक गर्दा विपक्षीले हावादारी भनेः प्रधानमन्त्री

२९ जेठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् ।  विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको उनको भनार्इ थियो ।

आज बिहान दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताए ।  मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने , “अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।”

KP-Sharma-Oli-1

मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आएका प्रधानमन्त्री ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको बताए ।

भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गरेका थिए ।

नेपाल सरकारको करिब रु एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए ।

आठ देशमा प्रत्यक्ष दर्ता प्रणालीबाट राहदानी

२७ असार-सरकारले विदेशमा प्रत्यक्ष दर्ता प्रणालीमार्फत मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० वितरण गर्ने भएको छ । धेरै चाप हुने आठ देशमा करिब तीन महिनामा यो प्रणाली ...