रेडियो लाङटाङको प्रथम साधारण सभा सम्पन्न ।

संयोग नेपाल
२९ जेठ, रसुवा । रसुवामा रहेको पर्यटन बिकास तथा सञ्चार केन्द्र नेपाल को तेश्रो तथा रेडियो लाङटाङको प्रथम साधारण सभा आज सम्पन्न भएको छ ।

Radio Langtang group photo

रेडियो लाङटाङका अध्यक्ष नारायण चन्द्र सुवेदीको अध्यक्षतामा भएको साधारण सभाले पुनः सुबेदीकै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन गरेको छ । कार्यसमितीको उपाध्यक्षमा जितेन्द्र मान श्रेष्ठ, सचिवमा गीता न्यौपाने, कोषाध्यक्षमा भरत बहादुर लामा, र सदस्यहरुमा भैरबी ढुङ्गाना, बलराम न्यौपाने र शिवराम भण्डारी चयन हुनुभएको छ । कार्यक्रममा सामुदायिक सुचना नेटवर्क सिआई एनका ब्यवस्थापक तथा रेडियो लाङटाङका लगानीकर्ता समेत रहुनभएका सोहम सुवेदीले रेडियोले ब्यापारीक रणनिती निर्माण गरी शशक्त बजारीकरणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

साधारण सभाले रेडियोका सबै लगानीकर्तालाई साधारण सदस्यता प्रदान गरिने निर्णय गरेको थियो । रेडियोका लगानीकर्ता, कार्यसमितीका सदस्यहरु र कर्मचारीहरुको सहभागिता भएको साधारण सभामा रेडियोका लगानीकर्ता तथा सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको छ ।

मेगा बैंक ‘हात-हातमा बैंकिङ’

२७ भदौ- मेगा बैंक नेपाल लिमिटेडले ‘हात-हातमा बैंकिङ’ सेवा सुरु गरेको छ । आफ्ना हरेक ग्राहकलाई अत्याधुनिक मोबाईल बैंकिङ सेवा दिने उद्देश्ययसहित बैंकले यस्तो सेवा ...