६ किलो सुन सहित एक जना पक्राउ ।।

३१ जेठ, रसुवा । शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म र जनपथ प्रहरीको संयुक्त टोलिले अबैध रुपमा ल्याईएको ६ केजि सुन बरामद गरेको छ । रसुवा टिमुरे ५ का कुङसाङ तामाङले केरुङबाट रसुवागढी हुदै नेपाल ल्याउन लागेको अबैध ६ केजि सुन चीन नेपाल सिमाना रसुवागढी पुलमा चेकजाचको क्रममा जनपथ र शसस्त्र प्रहरीको टोलिले बरामद गरेको हो । २५ बर्षिय तामाङले आफनो शरिरमा कपडाले बाधेर लुकाई ल्याएको अवस्थामा प्रहरी टोलिले बरामद गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।

gold chori rasuwa

तातोपानी नाका बन्दभएपछि अन्तराष्ट्रिय नाकाको रुपमा संचालनमा आएको रसुवागढीमा सुन बरामद भएको पहिलो घटना हो । प्रहरीका अनुसार तामाङको साथबाट बरामद भएको सुनको मुल्य करिब ३ करोड रहेको छ । सुन सहित पक्राउ परेका तामाङलाई कारबाहिका लागि आबश्यक अनुसन्धान भईरहेको र भोलि भन्सार कार्यालय टिमुरेमा बुझाईने प्रहरीले जनाएको छ ।  सिमा नाकामा अबैध रुपमा हुनसक्ने तस्करीलाई रोक्नका लागि प्रयाप्त मात्रामा शसस्त्र प्रहरी खटाईएको  शसस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्मका गुल्मपति दर्शन गिरिले बताए ।

gold chori rasuwa 1

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्‍यो निष्कृय

कैलाली मंसिर १८, कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ ...