रसुवाको राम्चेमा बृक्षारोपण (फोटोफिचर)

७ साउन, रसुवा । रसुवाको राम्चे ३ र ४ नं वडामा पर्ने ग्राङमा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको आयोजना र डब्लुडब्लुएफ र युएसएआईडि र हरियो बन कार्यक्रमको आर्थिक सहयोगमा भएको बृक्षारोपण कार्यक्रममा, पासाङ ल्हामु सडकदेखी डेढ किलोमिटर तलबाट करिव एकमिटर चौडाईमा सुरु गरि सडकसम्म बृक्षारोपण गरिएको हो ।

Ramche Grang Planting Rasuwa (1)
बिहिबार देखि सुरु भएको बृक्षारोपणमा चाँपको बिरुवा १५०००, अृम्रिसो १५०००, पयुँ ५०००, उतिस ५०००, सल्ला २०,००० र किम्बुको बिरुवा ३००० गरी जम्मा ४५,००० बिरुवाको बृक्षारोपण गरिएको छ ।

Ramche Grang Planting Rasuwa (2)
बृक्षारोपणमा राम्चे ३ र ४ नं वडाका २५० घरधरीले श्रमदान गरेका छन् । बृक्षारोपण पश्चात ग्राङ पहिरोको न्युनिकरण हुने सम्भावना देखेका छन् । बृक्षारोपण सँगसँगै  बिरुवाको संरक्षणकै लागी स्थानिय मिलेर संरक्षण कोष खडा गर्ने र त्यहि पैसाबाट हेरालु राख्ने स्थानियको निर्णय छ । यसैगरी राम्चेको पहिरो प्रभावित क्षेत्रमा पनि बृक्षारोपण गरिने राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्ष मालफुर्पा तामाङले बताउनु भएको छ ।

Ramche Grang Planting Rasuwa (3)

Ramche Grang Planting Rasuwa (4)

Ramche Grang Planting Rasuwa (5)

Ramche Grang Planting Rasuwa (7)

Ramche Grang Planting Rasuwa (8)

क्यापिटल वानमा म्यानचेष्टर सिटी

१७ फागुन, काठमाडौं । लिभरपुललाई पेनाल्टीमा पराजित गर्दै म्यानचेष्टर सिटीले क्यापिटल वान कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा म्यानचेष्टर सिटी र लिभरपुलले ...