माओवादी केन्द्र नुवाकोटको एकता भेलाको तयारी

२३ साउन, नुवाकोट । एकिकृत नेकपा माओवादी र मोहन वैद्य निकटको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा बादल समुहबीच पार्टी एकता भएसँगै बनेको नेकपा माओवादी केन्द्र नुवाकोटले पनि एकता भेला गर्ने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवं नुवाकोटका इन्चार्ज हितबहादुर तामाङको प्रमुख उपस्थितिमा हालैमात्र बसेको माओवादी केन्द्र नुवाकोटको बैठकले यही साउन ३० गते एकता भेला गर्ने निणर्य गरेको हो ।

Maobadi Kendra

पार्टीको केन्द्रिय समितिको निर्णयअनुसार प्रदेश, जिल्ला, गाउँ, नगरपालिका र वडा तहसम्म एकता भेला तथा सम्मेलन गर्ने कार्यक्रमअनुसार पार्टी एकता भेला गर्ने तयारी थालिएको माओवादी केन्द्र नुवाकोटका सहसंयोजक पुष्प लामिछाने अरुणले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लास्तरिय भेलापछि गाउँ तहसम्म एकता कार्यक्रमलाई तिव्र बनाइने जानकारी दिनुभयो ।

माओवादी केन्द्र नुवाकोटका जिल्ला संयोजक हिरानाथ खतिवडाको अध्यक्षतामा बसेको बैठकले अन्य कार्यक्रम र अभियान सञ्चालनसम्बन्धि निर्णयहरुसमेत गरेको छ । जसअनुसार स्थानिय सिमाङ्कन र पुनः संरचनाका लागि १२ सदस्यिय सुझाव कार्यदल समितिसमेत गठन गरेको छ । यसले अब हुने नगरपालिका र गाउँपालिकाको पुनःसंरचनाका लागि वस्तुवादी र बैज्ञानिक विधिसहितको सुझाव पार्टीसमक्ष दिने संयोजक हिरानाथ खतिवडाले जानकारी दिनुभयो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट

झापा मंसिर १२, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा ...