बिद्युत प्राधिकरण नुवाकोटले १० हजार भन्दा बढि महशूल तिर्न बाँकीकाको लाईन काट्न थाल्यो ।

१५ भदौ, नुवाकोट । नेपाल विद्युत प्राधिकरणले दूई महिना वा सो भन्दा वढि अवधि महशूल भूक्तानी गर्न बांकि रहेका तथा १० हजार रुपैंया भन्दा वढि शूल्क बूझाउन बांकि रहेका ग्राहकहरुको लाइन काट्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।

यस अभियान अन्र्तगत नूवाकोट वितरण केन्द्रले २०७३ भाद्र १५ गते बुधबारबाट १० हजार भन्दा बढि महशूल रकम भूक्तानी गर्न बांकि रहेका नूवाकोट जिल्लाका सरकारी कार्यालयहरुको लाइन काट्ने कार्यलाई शूरुवात गरेको छ । आज जिल्ला भित्रका केहि सरकारी कार्यालयको लाइन काट्नको र यो अभियानलाई आउंदा दिनहरुमा समेत निरन्तरता दिने नेपाल विद्यूत प्राधिकरण नूवाकोट वितरण केन्द्रले जनाएको छ ।

माधव नेपालको गृह जिल्ला रौतहटमा एमाले शून्य हुने पक्का

स्थानीय तहको चुनावमा नेकपा एमालेले रौतहटबाट एउटा पनि तहमा प्रमुख पद नजित्ने पक्का भएको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला समेत रहेका यहाँ ...