भारतबाट फर्किएको भोलिपल्टै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

२४ भदौ, काठमाडौं ।   मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ ।

भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेका छन् । ‘प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण तय भयो,’ बिहीबार बसेको मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  भने, ‘भारत भ्रमणबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । हामी आवश्यक तयारी गरिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका नयाँ पत्रिकामा समाचार छ ।

prachanda1

उनी विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत दिल्ली जान लागेका हुन् । ‘परराष्ट्रमन्त्रीज्यू चार दिनअघि नै भ्रमण तयारीका क्रममा दिल्ली जानुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्र मन्त्री महत दिल्लीमै सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण सकेर २ असोजमा स्वदेश फर्किएपछि सोही दिन महत दिल्लीबाटै संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क जाने भएका छन् ।

प्रचण्ड २ असोजको बिहान भारतमा राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन् । प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए ।

आफुखुसी घर बनाउँदा दोश्रो किस्ता बितरणमा समस्या

भुकम्प पछीको पुनःनिर्माणमा नागरिकहरुले आफुखुसि संरचना निर्माण गरेका कारण अनुदान रकमको थप किस्ता बितरणमा कठिनाई भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालय नुवाकोटले जनाएको छ ...