पर्यटन ब्यबसायी न्यौपाने सम्मानित ।

२५ भदौ, रसुवा ।  रेडियो लाङटाङ का संस्थापक सदस्य प्रसिद्ध पर्यटन व्यवसायी एवं समाज सेवी  रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने जिल्ला शिक्षा कार्यलयबाट सम्मानित हुनु भएको  छ ।
rasuwa_balaram
रसुवाको धुन्चेमा विहिवार आयोजित ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा न्यौपाने सम्मानित भएका हुन । रसुवा जिल्लाको  शिक्षा क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय न्यौपानेले जिल्लाको ग्रामिण विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामाग्री प्रदान, विद्यालय पुर्वाधार निर्माण र अन्य भौतिक सामाग्रीको निर्माण तथा वितरण गरी ग्रामिण क्षेत्रको शिक्षा सुधारमा महत्वपुर्ण भुमिका खल्नु भएका न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी  हातबाट सम्मानपत्र ग्रहणपश्चात पर्यटन व्यावसायी तथा  शिक्षाप्रेमी न्यौपानेले आफु ग्रामिण शिक्षाको स्तर बृद्धिका लागि निरन्तर लागिपरेको र त्यसका लागि बिभिन्न दाताहरु खोजेर विद्यालयलाई माथी उकास्न प्रयासरत रहेको भन्दै सम्मानले आफु उत्साहित भएको बताउनुभयो । यसका साथै न्यौपानेले जिल्लाको ग्रामिण क्षेत्र भोर्ले गाविस क्षेत्रमा स्वास्थ्य केन्द्र निर्माण र स्वास्थ्य उपकरण लगायतका कार्यमा समेत महत्वपुर्ण सहयोग पुर्याउनुभएको छ ।
rasuwa-balaram-1
न्यौपानेलाई सम्मान गरिएकोमा भोर्ले गाविसका स्थानियबासी समेत खुसी देखिएका छन । शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यौपानेको योगदान अविस्मरणिय रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको भनाई छ । सम्मान कार्यक्रममा रसुवा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानिय विकाश अधिकारी राजेन्द्रदेव पाण्डे, जिशिअ बोधराज निरौला, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, विभिन्न पार्टीका राजनैतिक दलका प्रतिनिधी लगायत सर्वसाधरणहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।
rasuwa-balaram-2

पर्यटन ब्यबसायी न्यौपाने सम्मानित ।

२५ भदौ, रसुवा ।  रेडियो लाङटाङ का संस्थापक सदस्य प्रसिद्ध पर्यटन व्यवसायी एवं समाज सेवी  रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने जिल्ला शिक्षा कार्यलयबाट सम्मानित ...