कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत पास

२७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् ।

exam-boardनियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता

चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र ...