हुलाकीको तलव २५ प्रतिशत बढ्यो

६ असोज, काठमाडौं । सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी (हुलाकी)को तलव निजामती कर्मचारी सरह २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेको हो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो तर, यो हुलाकीहरुको हकमा भने लागू भएको थिएन ।

यसअघि ४८ सय तलब बुझ्दै आएका हुलाकीहरु अब भने ६ हजार रुपैयाँ पाउनेछन् ।

‘यो पागल मन’ को पोस्टर रिलिज

चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा छायांकन गरिएको ...