रेडियो धादिङमा आक्रमण (फोटोफिचर)

८ असोज धादिङ । सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको छ ।

रेडियोकर्मी सुतिरहेका बेला बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङको अगुवाईमा शसस्त्र र जनपद प्रहरीको टोलीले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काइदिएको छ । पूर्वसहमति विपरित कुनैपनि जानकारी नै नदिइ बिहान ४ बजे जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ । रेडियोका सामान झिक्न नदिइकन आक्रमण शैलीमा भवन भत्काइएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिनुभयो ।

radio-dhading-attack-1

उहाँका अनुसार प्रहरीले सुतिरहेका अवस्थामा लछार पछार गरेर कर्मचारी, रेडियोकर्मी निकाल्दा केही घाइते भएका छन् । प्रहरीको टोलीले कर्मचारीमाथि दुब्र्यबहार पनि गरेको छ । सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ । तर रेडियोले भने भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमति र लिखित सहमतिमा भवन बनाएको हो । सामुदायिक बनको अनुमतिमा भवन उसले पनि प्रयोग गर्न पाउनेगरि बनाउन पाउने नीति छ । धादिङमा मात्रै विभिन्न सामाजिक सस्था, सरकारी कार्यालयका करिब १ हजार घरटहरा बनको क्षेत्रमा बनाइएका छन् । तर जनतालाई सूचनाबाट बन्चित हुनेगरि रेडियोमाथि आक्रमण गर्नु निन्दीय भएको विभिन्न संघसस्थाले बताएका छन् । यसअघि एकमहिनासम्म रेडियो सार्ने सहमति भएपनि त्यसको समेत मौका नदिएर सुतिरहेका बेला रेडियोमा डोजर चलाएको महासंघका अध्यक्ष छत्कुलीले बताउनुभयो ।

radio-dhading-attack-2

नागरिकहरुले बन कार्यालय र स्थानिय प्रशासन विरुद्ध आन्दोलन गरेका थिए । जनतालाई सूचनाबाट बन्चित हुनेगरी रेडियोमाथि आक्रमण गर्नु निन्दनीय भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ, मिडिया सोसाईटी नेपाल, बान, अमार्क लगायतका विभिन्न संघसस्थाले संयुक्त बिज्ञप्ती निकालेका छन् ।

radio-dhading-attack-3

radio-dhading-attack-4

radio-dhading-attack-5

radio-dhading-attack-6

radio-dhading-attack-7

एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

गौशाला, १३ मंसिर,नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित ...