संयोग नेपाल
८ असोज, रसुवा । नुवाकोटको भैरमकोटमा रहेको श्री भैरम माध्यमिक बिद्यालयको बिद्यालय ब्यवस्थापन समिती शुक्रबार पुर्नगठन भएको छ ।
बिद्यालय निरिक्षक मणिराज अवस्थीको संयोजकत्वमा भएको अभिभावक भेलाले ४ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती चयन गरेको छ । संसोधित शिक्षा ऐन २०७३ अनुसार गठन भएको समितीमा तत्कालको लागी ४ जना सदस्यहरुमात्र चयन गरिएको छ भने शिक्षाप्रेमी र चन्दादाताबाट एक महिला र एक पुरुष गरी २ जना चयन गर्न बाँकी रहेको छ । बाँकी २ जनाको मनोनयन भईसकेपछि ६ जनाले अध्यक्ष चयन गर्ने बताईएको छ । शुक्रबारको अभिभावक भेलाले सुमनराज खड्का, सेते तामाङ, सान्नानी भुजेल र देव कुमारी खड्कालाई चयन गरेको छ । करिव २०० जना अभिभावकहरुको सहभागिता रहेको भेलामा बिद्यालयका प्रधानाध्यापक राजेश पाण्डेले बिद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
बिद्यालय ब्यवस्थापन समितीका निबर्तमान अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको भेलामा लायन्स क्लव अफ नुवाकोटका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, बिद्यालय निरिक्षक मणिराज अवस्थी लगायतले मन्तब्य राख्नुभएको थियो ।
यस्तै बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई छात्रालाई लायन्स क्लव अफ नुवाकोटले छात्रबृति प्रदान गरेको छ । क्लबका पुर्व अध्यक्ष रमेश श्रेष्ठले कक्षा ७ कि रुबिना रिजाल र कक्षा ८ कि सबिता दर्जीलाई छात्रवृति स्वरूप जनही रू ८ हजार प्रदान गर्नुभएको सोहि बिद्यालयका शिक्षक नवराज रिजालले जानकारी दिनुभयो ।
तस्विरः राजेश पाण्डेको फेसबुकबाट



