डिएसपी दर्शन गिरीको विदाइ

८ असोज, रसुवा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) दर्शन गिरीको विदाइ गरिएको छ ।
विदाई कार्यक्रममा उनको योगदानको उच्च प्रशंसा गर्दै २० किलोको माला लगाई भव्यताका साथ विदाई गरिएको हो । सदरमुकाम धुन्चेमा आज आयोजित विदाई कार्यक्रमको अवसरमा सांसद् छोवाङ तेन्जिन तामाङले २० किलोको माला लगाई विदाई गर्दै उहाँले एक वर्षमा रसुवामा रही पु¥याउनु भएको कामको उच्च प्रशंसा गर्नुभएको छ । विदाई कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले डिएसपी गिरीले जिल्लामा रहँदा धेरै प्रशंसनिय काम गर्नुभएकाले उहाँको जति प्रशंसा गरेपनि कमी हुने बताउनुभयो ।

dsp-darsan-giri-bidhai-1

सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति समेत रहेका गिरीले रसुवामा रहँदा सीमा सुरक्षा, सडक बाटो निर्माण तथा मर्मत, मिनी गोसाइकुण्ड पुनर्निर्माणलगायत शान्ति सुरक्षा कायम गराउनको लागि ठूलो योगदान पु¥याएका प्रति स्थानीयले उच्च प्रशंसा गरेका छन् । विदाई कार्यक्रममा सहभागी भएका जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीले डिएसपी गिरीको छोटो समयमा नै विदाई गर्नुपरेकोमा दुःख लागेको बताउनुभयो । गृह मन्त्रालयले गत भदौं ३१ गते गरेको निर्णयअनुसार डिएसपी गिरीलाई सीमा सुरक्षा बल रुपन्देहीमा पठाइएको छ । केही दिनमा नै डिएसपी गिरी रुपन्देही जानेछन् ।

dsp-darsan-giri-bidhai-2

विदाई कार्यक्रममा बोल्दै डिएसपी गिरीले मलाई रसुवामा रहँदा बस्दा रसुवाली जनताले धेरै माया गर्नुभयो, सद्भाव राख्नुभयो, यसको म सदैव आभारी रहनेछु, देशको कर्तव्यनिष्ठ सिपाहीको नाताले सरकारले पठाइएको ठाउँमा गई सेवा गर्नु मेरो पहिलो कर्तव्य हुनेछ, तर म रसुवा र रसुवाली जनताको मायालाई सदैव सम्झिरहने गिरीले भन्नुभएको थियो ।

dsp-darsan-giri-bidhai-3

गैँडामा स्याटलाइट रेडियो कलर जडान

८ माघ– बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा रहेको गैँडामा शुक्रबार सेटेलाइट रेडियो कलर जडान गरिएको छ । गैँडाको बासस्थान, आहारा र आवागमन थाहा ...