सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

८ असोज, नुवाकोट । विदुर नगरपालिका वडा नं. ९ कोलोनी डिहीबजारमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघका संस्थापक अध्यक्ष पूर्णलाल श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको साधारणसभामा सहकारीमा गत वर्ष एक करोड ६२ लाख ९९ हजार पाँचसय ५८ रुपैयाँ वचत संकलन गरी एक करोड ९२ लाख चार सय ८४ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ । संस्थाका कोषाध्यक्ष निर्मल बस्नेतले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थमा चार सय ३९ जना सेयर सदस्य रहेको सहकारीमा एक करोड २१ लाख ८० हजार एक सय रुपैयाँ सेयर पुजी रहेको छ  ।

sarathi-sahakari-colony

संस्थाका अध्यक्ष सरोज बोगटीको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट वचतकर्ता मंगली तामाङ र उत्कृष्ट ऋणि सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका सेयर सदस्यका छोराछोरीबाट एसएलसीमा उत्कृष्ट अंक ल्याउने गेर्खुटारका रोसन थापा र विदुर नगरपालिका लामाटारकी लिलाकुमारी गिरीलाई सम्मान गरिएको संचालक समितीका सदस्य श्रीकृष्ण आचार्यले बताउनुभयो ।

साथै ३७ औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट शिक्षकको रुपमा सम्मानीत शिक्षक सेयर सदस्य ताराप्रसाद श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्ने लिडर श्रेष्ठ र निरोज खड्गीलाई पनि सहकारीलाई सम्मान गरेको छ । साधारणसभामा संगम वचत तथा ऋण सहकारीका सचिव नारायण श्रेष्ठ, लिडर श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्‍यो निष्कृय

कैलाली मंसिर १८, कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ ...