धैबुङ्ग कालिका साना किसान सहकारीको पाँचौ साधारण सभा सम्पन्न

कालिकास्थान, रसुवा । धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को पाँचौ वार्षिक साधारण सभा कालिकास्थानमा सम्पन्न भयो ।

कार्यक्रममा संसका अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन, कृषि क्षेत्रमा लगानी आयमा बृद्धि गराउने अभिप्रायले २०६८ असोज ४ गते बिधिवत रुपमा यस सहकारीको स्थापना भएको जानकारी दिनुभयो । संस्थाको प्रारम्भीक साधारण सभा ०६८ माघ २० गते भएको र प्रथम साधारण सभा ०६९ मंसिर १६ गते त्यस्तै गरी संस्थाको दोस्रो साधारण सभा ०७० पुस २० गते सम्पन्न गरेको बताउनुभयो । संस्थाको तेस्रो साधारण सभा ०७१ मंसिर २३ गते सम्पन्न भएको र संस्थाले चौथो साधारण सभा ०७२ असोज २३ गते सम्पन्न उहाँले बताउनुभयो ।

कार्यक्रमा प्रमुख अतिथी जिल्ला कृषि सहकारी संघका अध्यक्ष टिका प्रसाद देबकोटाले सहकारी मार्फत किसानका समस्यामा सहयोगी बन्दै आएको र सेयरधनीहरुको सक्रियताले संस्था सवल हुँदै जाने बताउनुभयो ।

sanakissan-777x437

संस्थाका प्रबन्धक पुर्णप्रसाद नयौपानेले संस्थाको बित्तिय स्थितको बारेमा चर्चा गदैं संस्थामा आवद्ध १ सय ३१ समूहमा ८ सय ९६ जना सेयर सदस्य रहेको बताउनुभयो । संस्थाको सेयर पुँजी अघिल्लो वर्ष २५ लाख ९७ हजार रुपैयाँबाट बढेर यस वर्ष ३४ लाख ९० हजार ५ सय रुपैयाँ पुगेको बताउनुभयो । उहाँले ५८ लाख ४४ हजार ९० रुपैयाँ बचत रहेको र यस आर्थिकको अन्तमा संस्थाको लगानीमा रहेको ऋण रकम २ करोड २१ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको जानकारी दिनुभयो ।

उहाले यस आर्थिक वर्षमा संस्थाले कुल आम्दानी ३० लाख ८६ हजार ५२ रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च २५ लाख ७५ हजार ८ सय ९० रुपैयाँ ३ पैसा कटाई खुद नाफा ६ लाख ७६ हजार ६ सय ३८ रुपैयाँ नाफा आर्जन गरेको छ । यस वर्ष प्रति सेयर ८ प्रतिसतले सेयर लाभांस बितरण गर्ने प्रस्ताव पेस गर्नु भयो ।

विनाशकारी भूकम्प पछि तत्कालको राहत वितरण चामल १२ सय किलो बितरण भएको , जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा ट्याक्टर २७ वटा , तथा अन्य कृषि उपकरण बितरण मकै छोडाउने मेसिन १२ वटा , धान झार्ने मेसिन ५ वटा, जग्गा खरिद गरी चिस्यान केन्द्रका भवन निर्माण गर्न घडेरी तयारी भएको र भूकम्प प्रभवित सेयर धनीहरूलाई एसियाली विकास बैकमार्फत साना किसान विकास बैंकले प्रदान गरेको सहुलियत दरको ऋण ४५ लाख प्राप्त भएको र लगानी २५ हजारका दरले ऋण लगानी गरिरहेका कार्यक्रमा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै गरी विश्व खाद्य्य कार्यक्रमबाट १ ट्याक्टर प्राप्त भएको थियो भने परिवर्तन पात्रबाट संस्थालाई हालै एकथान कम्प्युटर सहयोग प्राप्त भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

मतपेटिका चीनको केरुङ आइपुगे

२४ चैत, रसुवा । स्थानीय तहको निर्वाचनका लागि चीनवाट खरिद गरिएका मतपेटिक चीनको केरुङ आइपुगेका छन् । नेपाल–चीन प्रवेका लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी ...