‘सडक पीडित’को उपत्यका बन्दः प्रभाव सामान्य

२० पुस, काठमाडौं । ‘सडक विस्तार पीडित’को नाममा बुधबार काठमाडौं उपत्यकामा आह्वान गरिएको बन्दको प्रभाव न्युन परेको छ । सामाखुसी क्षेत्रबाट बिहानै प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।

सडकमा बन्दकर्ता देखिएका छैनन् । प्रहरीहरुलाई चोक-चोकमा परिचालन गरिएको छ । निजी तथा सार्बजनिक गाडीहरु निर्वाध चलिरहेका छन् । माइक्रो, ट्याक्सी, बस, मोटरसाइकल लगायतका गाडीहरु चलिरहेको र बन्दको प्रभाव नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक विस्तार पीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति पाउनु पर्ने भन्दै उपत्यका बन्दको आहृवान गरेको हो ।

vehicles-in-kathmandu

तर बन्दको अबज्ञा गरिएको छ । बजार पसलहरु पनि खुलेका छन् । उपत्यकाका सडकमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति छ । अप्रिय घटना नहोस् भनेर सादा पोशाकमा समेत प्रहरीहरुलाई ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।

सामाखुसी क्षेत्रबाट पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी कालीमाटी, सितापाइला, कीर्तिपुर लगायतका क्षेत्रबाट करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशभरका अस्पताल बन्द गराउन चिकित्सक संघको उर्दी

रसुवा असोज १०, नेपाल चिकित्सक संघले देशैभरका अस्पताल बन्द गराउन आफू माताहतका अस्पताल र डाक्टरहरुलाई उर्दी जारी गरेको छ । डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा ...