वट्टारमा निःशुल्क आंखा उपचार शिविर सम्पन्न

२५ पौष, नुवाकोट । नुवाकोटको वट्टारमा निःशुल्क आंखा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक आँखा केन्द्र नुवाकोट, तिलगंगा अाँखा प्रतिष्ठान गौशाला काठमाडौं र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा सन्चालित चार दिने आंखा उपचार शिविर आज सम्पन्न भएको हो ।

]शिविरमा तीन हजार एकसय जना बिरामीहरुको आँखा परिक्षण गरिनुका साथै तीनसय २१ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आंखा केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभयो । उक्त शिबिरमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्गको नेतृत्वमा आएको टोलिले आंखाका विरामीहरुलाई सेवा प्रदान गरेको हो ।

शिविर नुवाकोट आदर्श वहुमुखी क्याम्पस बट्टार, सामुदायिक प्रहरी सेवा केन्द्र बट्टार, रेडक्रस बट्टार उपशाखा, जगदम्बा क्याटरिङ्ग एण्ड टेन्ट सर्भिस र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको स्थानीय संयोजनमा सम्पन्न भएको हो । बट्टारमा शल्यक्रिया शिबिर गर्नु अगाडि  जिल्ला सामुदायिक आँखा केन्द्रले नुवाकोट जिल्लाको गेर्खु, बुधसिङं, मनकामना, उर्लेनी, लच्याङ्ग, देउराली, थप्रेक, भाल्चे, भदु्रटार र थानसिङ गाविसंमा मोतियाबिन्दु छनोैट शिबिर सम्पन्न गरेको थियो । उक्त शिबिरहरुमा दुई हजार तीन सय  भन्दा बढी बिरामहिरुले आँखा परिक्षण गराएका थिए । यसका साथै दुई सय ५० जना भन्दा बढिको शल्यकृया गर्नु अगार्र्डि  मोतियाबिन्दुका विरामीहरु शल्यकृयाको लागि पहिचान गरि बट्टारमा  शल्यकृयाको लागि रिफर गरिएका थिए ।

पिलायो साथि बोलको गजल गीतले करोड पटक हेरिने पहिलो नेपाली गजलको रेकर्ड बनायो

गायक शिव परियारको पिलायो साथि बोलको गजल गीतले करोड पटक हेरिने पहिलो नेपाली गजलको रेकर्ड बनाएको छ । ३ बर्ष अघि युट्युब मार्फत सार्वजनिक गरिएको ...