रसुवामा जोखिममा रहेका ४२ जना बालबालिकालाई रकम वितरण

१३ माघ, रसुवा – रसुवामा जोखिममा रहेका एक हजार ८४ बालबालिका मध्ये उच्च जोखिममा रहेका ४२ जना बालबालिकालाई रकम वितरण गरिएको छ ।

जिल्ला वालकल्याण समितिले रसुवाको भोर्लेमा रहेका ४२ जना बालबालिकालाई बुधबार पाँच हजारका दरले रकम वितरण गरेको हो ।

समितिका अनुसार बुवाआमा दुवै नभएका बेसहारा, अपांगता भएका तथा नाजुक अवस्थामा रहेका बालबालिकालाई रकम प्रदान गरिएको हो । अघिल्लो वर्ष ६ सय २० जनालाई रकम वितरण गरेको समितिले यो वर्ष एक सय जनालाई मात्र रकम वितरण गर्ने जनाएको छ ।

वितरण गरिएको रकमले जोखिममा रहेका वालवालिकालाई शिक्षा, स्वास्थ्य, जिविकोपार्जन तथा पारिवारिक पुनर्स्थापना गर्न सहयोग पुग्ने समितिले जनाएको छ ।

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

काठमाडौं, मंसिर १६ –रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए ...