चितवनको शिवघाटमा बस दुर्घटना, १२ घाइते

१७ माघ, चितवन । पश्चिम चितवनको शिवघाटमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । विजयनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ११२१ नम्बरको बस ब्रेक फेल भई भरतपुर उपमहानगरपालिका-५ शिवघाटमा सडक किनारमा पल्टिएको थियो ।

घाइतेहरुमध्ये चितवन भतरपुर १७ बस्ने वर्ष ४५ कि ईश्वरी पराजुलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहको छ । बस दुर्घटना भएपछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

विद्या मेमोरियलमा आगलागी

यसैबीच पूर्वी चितवनको एक विद्यालयमा विजुली तार सर्ट भइ आगो लाग्दा ५ लाख बराबरको क्षति भएको छ । राप्ती नगरपालिका ९ खुरखुरेस्थित विद्या मेमोरियल बोर्डिङ स्कूलमा आगलागी भएको हो । आगलागीबाट विद्यालय भवनको माथिल्लो तल्लामा रहेको कार्यालयका कागजपत्र र फर्निचर जलेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा आगो निभाइएको थियो ।

गोपाल हमाल विवेकशील साझा पार्टीमा, प्रदेश संयोजकको जिम्मेवारी पाए

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ । हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी ...