राप्रपा नुवाकोटका तीन वटै क्षेत्रीय अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नुवाकोटले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सम्पन्न गरेको छ ।

क्षेत्र नं. १ को रानीपौवा, क्षेत्र नं. २ को खरानीटार र क्षेत्र नं. ३ को विदुरमा अधिवेशन सम्पन्न भएको हो । क्षेत्र नं. १ मा विमल थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ क्षेत्रीय समिति गठन भएको छ । क्षेत्र नं. २ मा कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति निर्विराध चयन गरिएको छ ।

यस्तै क्षेत्र नं. ३ मा, राप्रपा र राप्रपा नेपालवीच एकीकरण भएपछि राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा एकसाथ आज क्षेत्रीय अधिवेशन सम्पन्न गरेको हो । यस अघि विदुर नगरसमितिमा कुलबहादुर खड्गीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको राप्रपा जिल्ला कार्य समिति नुवाकोटले जनाएको छ ।

राप्रपाले आज देभरभर क्षेत्रीय अधिवेशन सुरु भएको छ । पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन एकै दिन गरेको हो ।  पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वा्चित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वा्चित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् ।

२ महिनामै दयाका ४ फिल्म रिलिज हुने, बजारमा आइसक्यो ५ फिल्म

करिब एक बर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा छन्, नायक दयाहाङ राई । यसको अर्थ, उनको आउँदो बर्ष पनि दर्जन चलचित्र रिलिज हुनेछन् ...