​पुनर्संरचना आयोगको प्रतिवेदन जलाइयो

२३ माघ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवेदन तौलिहवामा जलाएका छन् । मोर्चाका नेता कार्यकर्ताहरु तौलिहवा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएर प्रतिवेदन मधेस विरोधी भएको भन्दै जलाएका हुन् ।

जनसंख्याको आधारमा स्थानीय निकाय गठन गरिनु पर्ने आफूहरुको मागलाई वेवास्ता गरी प्रतिवेदन तयार पारिएको हुँदा आफूहरु बाध्य भएर प्रतिवेदन जलाउन सडकमा उत्रिएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सहसराम यादवले बताउनुभयो ।  आफूहरुलाई कुनै हालतमा पनि प्रतिवेदन अनुसारको स्थानीय निकाय मान्य नहुने बताएका छन् ।

आयोगको प्रतिवेदनका आधारमा मधेस र मधेसी जनताको भावना विपरित गरिने स्थानीय निकायको निर्वाचन आफूहरुले बिथोल्ने मोर्चाका नेता डा. कालीपद शर्मा जोनसनले बताउनुभयो ।

भुकम्पले भत्किएका विद्यालयको पुनर्निर्र्माण तिव्र

रसुवामा भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण तिब्र रुपमा हुन थालेको छ । रसुवामा भूकमपले भत्किएका ९७ वटा विद्यालयमध्ये जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाले विद्यालय भवन निर्माण थालेका ...