तारकेश्वर गाउँपालिकामा शिवालय गुठीका गुठियारहरुद्धारा एक सय रोपनी जग्गा कब्जा ।

२० चैत, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित वडा नं. ७ तारुकाका भूमिहीन किसानले उपभोग गर्दै आएको एक सय रोपनी जग्गा एक सम्ुहले कब्जा गरेको घोषणा गरेको छ ।

शिवालय गुठीको जग्गा उपभोग गरिरहेका किसानको जग्गा शिवालय गुठीका गुठियारहरुले कब्जा गरेको घोषणा गरेका हुन् । शिवालय गुठीको नाममा रहेको जग्गा उपभोग गरेवापत स्थानीयहरुले शिवालय महादेवको पुजा आरधानाको लागि  धानबाली दिँदै आएका थिए । बाली तिरेवापत जग्गाका मोहीहरुले भपाई मागेपछि मन्दिरमा काम गर्दै आएका नविन अधिकारीसहितको टोलीले पाँच जना स्थानीयले जोतखन गर्दै आएको जग्गा कब्जा भएको घोषणासहित रातो झण्डा गाडेका हुन् ।

शिवालय गुठीको जग्गा उपभोग गर्ने २३ जनामध्ये पाँच जनाको जग्गा कब्जा गरेको घोषणा गरिएको स्थानीयहरुले बताएका छन् । बाबुकाजी श्रेष्ठ, समरबहादुर भण्डारी, विष्णुप्रसाद रिमाल, सानुकान्छा श्रेष्ठ, रत्नमान श्रेष्ठलगायतको जग्गामा झण्डा गाडेको स्थानीय सानु श्रेष्ठले बताए ।

हामीले बाली तिरेपछि भर्पाइ वा रसिद चाहिन्छ भनेका हौँ, स्थानीय समरबहादुर भण्डारीले भने यसको बदलामा हाम्रो जग्गा कब्जा गरेको भन्दै रातो झण्डा गाडियो ।  आफूहरुले पुस्तौदेखि भोगचलन गर्दै आएको पूख्र्यौली जग्गा गाउँका केही व्यक्तिहरुले कब्जा गरेको भन्दै रातो झण्डा बाली लगाएको जग्गामा गाडेपछि पीडित स्थानीयहरु जिल्ला प्रशासन कार्यालयमा आएर शान्ति सुरक्षाको मागसहित कब्जाजग्गा फिर्ता गराईदिन माग गरेका छन् । पीडितहरुले नविन अधिकारी, पदमबहादुर अधिकारी, इन्द्रबहादुर अधिकारी, शंकर अधिकारी, सीताराम अधिकारी, श्यामबहादुर अधिकारीलगायतले आफूहरुलाई जोतखन गर्दै आएको जग्गामा बाली भित्र्याउन गए, जग्गामा टेके मारिदिने धम्की दिएको पीडितहरुले प्रशासनमा दिएको उजरीमा उल्लेख गरिएको छ ।

यसैवीच जिल्ला भूमि अधिकार मञ्चकी भूमि अभियानकर्मी कल्पना न्यौपानेले पूस्तौदेखि भोगचलन गर्दै आएको जग्गा गुठीको नाममा कसैले कब्जा गर्न नसक्ने बताउँदै नागरिकको मानव अधिकारको रक्षा गरी भूमि अधिकार सुनिश्चित गर्न स्थानीय प्रशासनसँग माग गरेकी छिन् ।

धादिङमा सडकको अवस्था दयनीय

९ असोज- धादिङबसी-सल्यानटार सडकखण्डअन्तर्गत निगालापानीदेखि गोलाभञ्ज्याङ्सम्मको दूरी जम्मा तीन किलोमिटर छ तर सडकको अवस्थाका कारण सवारी साधानमा यात्रा गर्न तीन घण्टा लाग्छ । बाटोको अवस्था ...