विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

२२ चैत, काठमाडौं । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो ।

Airport-1

करिब १५ मिनट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।

तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पोहोरको जस्ताकाण्डः जस्ता अहिलेसम्म लुकाईएको ।

२ असार नुवाकोट । पोहोर भुकम्प पिडितका विद्यार्थीहरुका लागि इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता घोटालाको आरोपित काँग्रेसका जिल्ला नेता रमेशकुमार महतलाई फसाईएको भन्दै सामाजिक सञ्जाल र ...