मतपेटिका चीनको केरुङ आइपुगे

२४ चैत, रसुवा । स्थानीय तहको निर्वाचनका लागि चीनवाट खरिद गरिएका मतपेटिक चीनको केरुङ आइपुगेका छन् । नेपाल–चीन प्रवेका लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाका हुंदै हजारौं थान मतपेटिक नेपाल भित्रिने निर्वाचन आयोगले जनाएको छ ।

चीनले २७ किलोमिटर दुरीको रसुवागढी–केरुङ सडकमार्गको वीचमा रहेको ठोङ्सालगायतका स्थानमा पहिरो पन्छाउन लागेका कारण विहीवारदेखि पुनः एक साताका लागि रसुवागढी नाका हुंदै आवतजावतमा पुर्ण वन्द गरेको छ । पहिरोमा खसेका ठुलाठुला ढुंगा पन्छाउन विष्फोटक पदार्थ विष्फोट भइरहेका कारण सुरक्षाका लागि आवतजावत वन्द गरिएको हो ।

nirbachan

निर्वाचन आयोगले नेपाली सप्लायर्समार्फत ठेक्कामा खरिद गरेको ३० हजार थान मतपेटिका चीनको केरुङ आइपुगेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले जानकारी दिनु भयो । दर्जनौ ट्रकमा चीनको ग्वाङझाओवाट सिगात्से हुंदै चीनको केरुङ आइपुगेको उनले वताउनु भयो ।

स्थानीय चुनावका लागि चीनबाट खरिद गरिएका मतपेटिका रसुवागढीमा भन्सार प्रक्रिया मिलाउनका लागि दुई सातादेखि केरुङमै थन्किएको उहाले वताउनु भयो । रसुवागढी भन्सार र मतपेटिका सप्लायर्स कम्पनीको वीच भन्सार छुटलगायतका विषयमा मतभेद रहेका कारण मतपेटिका नेपाल भित्रिन नसकेको अध्यक्ष तामाङले वताउनु भयो । यस सम्वन्धमा वाणिज्य मन्त्रालयका टोलीसंगसमेत कुराकानी भइसकेको उहाको भनाई छ ।

मतपेटिका सप्लायर्स कम्पनीले एक प्रतिशत मात्र भन्सार तिर्ने दावी गरिरहेको छ भने रसुवागढी भन्सारले नियम अनुसार अन्य सामान सरह भन्सार तिर्नु पर्ने अडान लिइरहेको छ । चीनको केरुङ आइपुगेका मतपेटिका सडक अवरुद्ध भएका कारण सरासर नेपाल भित्रिन नपाएका हुन् ।

भन्सार प्रक्रियाका सम्वन्धमा सम्वन्धित निकायवाट स्पष्ट धारणा आएपछि निष्कर्शमा पुगेर प्रक्रिया सुरु हुन्छ–रसुवागढी भन्सार प्रमुख केदार पनेरुले वताउनु भयो । नियमानुसार भन्सार लिने पक्षमा हामी छौं । तर, केहि दिनमै स्पष्ट धारणा आएपछि भन्सार के गर्ने भन्ने निष्कर्शमा पुग्छ–पनेरुले बताउनु भयो । निर्वाचन आयोगले ३० हजार मतपेटिका चीनबाट खरिद गरी ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । सप्लायर्सदलाई ठेक्कामा दिएका हौं, वैशाखको पहिलो साता सप्लायर्सले हामीलाई मतपेटिका वुझाइसक्नु पर्नेछ–शर्माले भन्नु भयो । ‘सप्लायर्समार्फत ल्याइएको मतपेटिकाहरु केरुङ आइपुगेको जानकारी आएको छ,’उहाले भन्नु भयो । आयोगका अनुसार चीनबाट ३० हजार मतपेटिका खरिद गर्ने सप्लायर्सलाई टेन्डर भएको थियो ।

काँग्रेस संसदीय दलको नेता छनोट गर्न मतदान सुरु

काठमाडौं– काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । दलको कार्यलय सिंहदरबारमा बिहान १० बजेबाट मतदान सुरु भएको हो । दलको नेताका ...