नेपाली कांग्रेसद्धारा विदुर नगरपालिकाको दुई वटा वडाबाट अध्यक्षको लागि १६ जनामो नाम सिफारिस ।

२ बैशाख, नुवाकोट । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि वडा तहबाट सिफारिस गरेर जिल्लामा क्षेत्रमा पठाउन थालेको छ ।

आज विदुर नगरपालिकाको वडा नं. १० र ११ गेर्खुमा वडा अध्यक्ष र मेयर उपमेयरको लागि नामहरु वडा कमिटिले सिफारिस गरेको छ । वडा अध्यक्षको लागि आकांक्षी धेरै भए पछि दुवै वडामा आठ आठ जना सिफारिस गरेको छ ।

वडा नं. १० बाट राजन रिजाल, हरिकृष्ण डंगोल, कृष्णप्रसाद प्याकुरेल लगायत सिफारिसमा पर्नु भएको छ भने वडा नं. ११ बाट रंगनाथ पौडेल, कृष्ण घले र शेरबहादुर घले लगायत ८ जनालाई सिफारिस गरिएको   छ ।

वडाले पनि आफ्नो नगरपालिकामा कसलाई मेयर र उपमेयर बनाउदा हुन्छ भनेर नाम सिफारिस गर्ने सुविधा अनुसार मेयरमा तीन जना र उपमेयरमा दुई जनाको नाम दुइ वटै वडाबाट सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस विदुर नगरपालिकाको वडा नं. १० र ११ बाट मेयरमा ध्रुव अधिकारी, भरत खड्का र मच्छिन्द्र प्याकुरेललाई सिफारिस गरेको छ भने उपमेयरमा विन्दा अर्याल र गीता अमात्यलाई सिफारिस गरेको छ ।

वामदेव निवासमा एमालेको निश्कर्षः भारतले घेराबन्दी सुरु गर्‍यो

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन प्रस्तावमा छलफल अघि बढाउन बाटो खुल्ला गरे पनि एमालेले अझै संसद सुचारु हुन नदिने संकेत गरेको छ ...