एमाले लिखुद्धारा शुभकामना आदानप्रदान तथा संगठनको कार्यालय सञ्चालन ।

२ बैशाख, नुवाकोट । नेकपा एमाले लिखु गाँउपालिका संगठन कमिटिले नयाँ बर्षको अबशर पारेर शुभकामना आदानप्रदान तथा संगठनको कार्यालय सञ्चालनमा ल्याएको छ ।

लिखु गाँउपालिकाको वडा नम्बर १ ढिकुरे बजारमा संगठन कमिटिको कार्यालय उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले आसन्न स्थानिय तहको निर्बाचनमा एमाले पहिलो पार्टि हुने दावी गर्नुभएको छ । पूर्वमन्त्री परराष्ट्रमन्त्री समेत रहनुभएका पाण्डेले नेकपा एमाले जनताको मनोभावना बुझने र विकास प्रेमी पार्टी भएका कारण स्थानिय तहको निर्बाचनमा एमाले पहिलो पार्टि हुने दावी गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायाणप्रसाद खतिवडाले सम्पुर्ण जनताहरुलाई आगामी स्थानिय तहको निर्बाचनमा विकासपे्रमी र केहि गर्नसक्छु भन्ने युवा उम्मेदवारलाई मतदान गर्नको लागी मतदाताहरुलाई सुझाब दिनुभएको छ ।

यस्तै,  नेकपा एमाले लिखु गाँउपालिकाका ईञ्चार्ज एवम शहरी विकास विभागका केन्द्रिय सदस्य पुर्णलाल श्रेष्ठले नेकपा एमालेले स्थानिय तहको निर्बाचनमा जनताको चाहाना अनुशार हाम्रालाई भन्दा पनि राम्रा व्यक्तिलाई छानेर टिकट दिएमा नुवाकोट जिल्लामा एमाले पहिलो पार्टि हुने दावी गर्नुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी सुर्यमतिका निर्मल राईको नेतृत्वमा ३० जना र नेपाल सुनचाँदी कला व्यवसायी महासंघका उपाध्यक्ष केशव सेन्चुरीको नेर्तृत्वमा २५ नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रबेश गरेका छन् ।

असारे भाका हाल्दै रोपियो धान

देवचन्द्र भट्ट उमेरले ७५ वर्ष कट्नै लाग्दा नुवाकोटको उत्तरी भेगमा रहेको तुप्चेका मोदनाथ पौडेलको जोश र जांगर वैंशका समयका जत्तिकै रहेको छ । आफ्नो जीवन ...