बिच्कियो मोर्चा, आइतबार आन्दोलनका कार्यक्रम घोषणा हुने

३ वैशाख, काठमाडौं । मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्श्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।

मोर्चा आन्दोलनको कार्यक्रम आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा छ । उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्म जुलुस प्रदर्शन, आमसभा तथा बन्दहडतालसम्मका छन् ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

खोटाङको एेंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका विश्वनाथ निरौलाले २ हजार १ सय ...