नेपालमा बनेका अधिकांश फिल्महरुले आफ्नो लगानी समेत सुरक्षित नगरेको सबैलाई थाहा भएकै कुरा हो । फिल्म बनाएपछि मज्जाले चलाएर कमाउने रहर को निर्मातालाई पो नहोला र ? तर त्यसको लागी नयाँ नयाँ तरिका र जुक्तिहरुको पनि आवश्यकता पर्छ । हो यस्तै जुक्ति लाएका छन्, फिल्म ‘छक्का पन्जा २’ का निर्माताद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले ।
उनिहरुले फिल्म सुटिङ अगाबै ट्रिजर सुट गर्ने भएका छन् । शनिबार राजधानीको बिभिन्न स्थानमा उनिहरुले ट्रिजरको सुटिङ गरिसकेका छन् । ट्रिजर सुटिङको लागी दिपक राज गिरी, दिपाश्री निरौला, बुद्धि तामाङ, बिकास आचार्य लगायतले सट दिएका छन् । त्यसो त फिल्मभन्दा पहिला ट्रिजर सुट गरिएको यो पहिलोपटक भने होईन । यसअघि फिल्म ‘लुट २’ को पनि फिल्म भन्दा पहिला ट्रिजर सुट गरिएको थियो ।
दीपक, दीपाले चलचित्र ‘छक्का पन्जा दुई’ भन्दा पहिले ट्रिजर छायाँकन गर्नुको पछाडी पनि खास कारण छ । यही अप्रिल २८ मा बलिउडको बहुप्रतिक्षीत चलचित्र ‘बाहुबली टु’ प्रदर्शनमा आउँदैछ । उक्त चलचित्र नेपालीको पनि प्रतिक्षित सुचिमा छ ।यो चलचित्र हेर्न अन्याधिक दर्शक हलमा आउने अनुमान गरिएको छ ।
उक्त फिल्म हेर्न जाँदा आफ्नो फिल्मको ट्रिजर पनि देखाउनाले फिल्मको प्रोमोसन हुनेमा ‘छक्का पन्जा २’ टोली बिश्वस्थ छ । त्यसैले उनीहरुले. चलचित्र भन्दा पहिले ट्रिजर निर्माण गरेका हुन् ।
फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, राजाराम पौडेलको साथमा यसपटक निश्चल बस्नेत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालले पनि काम गर्दैछन् ।
असोजको ११ गते प्रदर्शनमा ल्याईने चलचित्रको सुटिङ बैशाखको दोश्रो साताबाट काठमाण्डौँ र मकवानपुरको चित्लाङमा हुने छ ।
