२६ हजार थान मतपेटिका वुधवार रसुवागढी नाका हुदै नेपाल भित्रिए

१३ बैशाख, रसुवा । नेपालको चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाका अस्थायी रुपमा सुचारु भएसंगै स्थानीय तहको निर्वाचनका लागि चीनवाट खरिद गरिएकासवै थान मतपेटिका केरुङवाट रसुवागढी नाका हुदै नेपाल भित्रिएका छन् ।

निर्वाचनका लागि चीनवाट खरिद गरिएका २६ हजार थान मतपेटिका वुधवार सवै नेपाल  भित्रिएक हुन्। मतपेटिकापछि त्यसको छेकवार  ल्याउने तयारी भइरहेको छ । चीनवाट खरिद गरिएका २६ हजार ६ सय सवै थान मतपेटिका रसुवागढी हुंदै नेपाल भित्रिसकेको सिमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिनुभयो । पहिलो चरणमा नौ, दोश्रो चरणमा पांच, तेश्रो चरणमा तीन, चौथो चरणमा चार र पांचौं चरणमा दुई गरि २३ थान कन्टेनरमा ति सवै मतपेटिका चीनको केरुङ हुदै रसुवागढी नाकावाट नेपाल भित्रिएर नुवाकोट हुंदै काठमाडौलगिएको छ ।

अव मतपेटिकाको छेकवार नेपाल भित्राउन वांकी छ, तीन दिनभित्रमा सवै छेकवार काठमाडौ पुगिसक्ने मतपेटिका सप्लायर्सका प्रतिनिधि सुरज कार्कीले वुधवार जानकारी दिनुभयो ।उहांका अनुसार मटपेटिकासंगै त्यसलाई वांध्ने आठ लाख थान सिल पनि रसुवागढी नाकावाट काठमाडौ लगिसकिएकोृ छ ।चीनवाट २६ हजार ६ सय  थान मतपेटिकासंगै त्यसलाई वांध्ने आठलाख थान सिल पनि नेपाल भित्राइएको छ । सवै थान मतपेटिका र सिल निर्वाचन आयोगलाई वुभलाइसकिएको छ भने यहि वैशाख १५ गतेभित्र मतपेटिकाको छेकवार पनि आयोगलाई वुझाउने  सप्लायर्स कम्पनीले जनाएको छ । चीनवाट खरिद गरिएका मटपेटिका रसुवागढीवाट नुवाकोट हुंदै काठमाडौ लगिएको हो ।

पहिरोका कारण अवरुद्ध नाका सुचारुका लागि नेपाली र चिनीया अधिकारीवीच छलफल भएसंगै गत सातादेखि मतपेटिका वोक्न नाका सुचारु गरिएको थियो ।चीनले २७ किलोमिटर दुरीको रसुवागढी–केरुङ सडकमार्गको वीचमा रहेको ठोङ्सालगायतका स्थानमा पहिरो पन्छाउने कार्य गरिरहेका कारण पटक÷पटक रसुवागढी नाका वन्द हुंदै आएको छ । सडक मार्गमा सुख्खा पहिरोसंगै खसेका ठुलाठुला ढुंगा पन्छाउन विष्फोटक पदार्थ विष्फोट भइरहेका कारण सुरक्षाका लागि पटक÷पटक आवतजावत वन्द गर्नुपरेको छ । डोङ्सामा अस्थायी लिग राखेर अस्थायी रुपमा सडक मार्ग सन्चालन गरिएको छ । निर्वाचन आयोगले नेपाली सप्लायर्समार्फत ठेक्कामा खरिद गरेको हजारौं थान मतपेटिका चीनको केरुङ आइपुगेपछि नेपालका सर्कारी अधिकारीको अनुरोधमा चीनले सडक मार्ग खोलिदिएको हो ।

रसुवाढीदेखि चीनको केरुङको वीचमा पहिरोका कारण सो सडक पटक÷पटक अवरुद्धहुंदै आएको छ । पहिरोग्रस्त सडकमा अस्थायी ट्रयाक खोलेर चिनले सामान वोकेका दर्जनौं कन्टेनर नेपालतर्फ पठाएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो । चांडै कुहिने र सड्ने स्याउ र फलफुललाई पहिलो प्राथकिता राखेर चिनीयापक्षले पहिरोग्रस्त स्थानमा अस्थायी ट्रयाक खोलेर नेपालतर्फ कन्टेनर पठाउंदै आएको न्यौपानेले वताउनुभयो ।  यसअघि, चीनीयाहरुले मुख्य रुपमा मान्दै आएको ग्याल्वो ल्ओसार र सोनाम ल्होसार एकै समयमा परेकाले रसुवागढीनाका डेढ महिनासम्म सुनसान हुन पुगेको थियो । यहि समयमै रसुवागढी–केरुङ वीचका ठाउंठाउंमा पहिरो जांदा सडक अवरुद्ध हुन पुगेको हो ।

लामो समयदेखि रसुवागढी नाका सुनसान भएपछि नेपालका सरकारी अधिकारीले चिनीया सरकारी पक्षसंग पहिरो र रसुवागढी नाकाको अवस्थावारे छलफल भएको हो ।

फूलपातीमा ‘छक्का पन्जा २’ र ‘मंगलम’

यसअघि सोलो रिलिज भनिएको चलचित्र ‘छक्का पन्जा २’ सँग चलचित्र ‘मंगलम’ले प्रतिस्पर्धा गर्ने भएको छ । चलचित्र घोषणा भएकै दिन दीपक–दीपाले चलचित्रको प्रदर्शन मिती असोज ...