जन श्रमदान र चन्दा संकलनबाट मोटरवाटो निर्माण

१३ बैशाख, नुवाकोट । नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाँउपालिको फिकुरीमा स्थानीयवासीले श्रमदानवाट मोटरवाटो निर्माण गरेका छन् ।

किस्पाङ गापा अन्तरगत साविकको फिकुरी गाविसको वडा नं. ५ बतेक्रा देखि काहुलेको वडा नं. ७ सम्म ऐसेलुभूमे माविसम्मको एक किलोमिटर सडक स्थानीयवासीको श्रमदान र चन्दा संकलनबाट निर्माण गरिएको छ । किस्पाङ गाँउपालिका अन्तर मनकामनादेखि फिकुरी हुदै मुख्य केन्द्र किस्पाङ पुग्न सबैभन्दा छोटो दुरीमा रहेको बतेक्रा–एसेलुभूमे सडक दुई लाख रुपैयाँ चन्दा संकलन र श्रमदानबाट निर्माण सम्पन्न गरेका हुन् ।

सडक निर्माणको क्रममा आसपासमा दावाचेत, दलितवस्तीलाई समेत समावेश गरी निर्माण गरेको सडक स्काभेक्टरको प्रयोग तथा मानवीय जनशक्ति परिचालन गरी दुई दिनमा नै निर्माण पूरा गरिएको जनाइएको छ । सडक निर्माणले भूकम्पले क्षति पुगेका आवासहरुको पुर्ननिर्माणको लागी निर्माण सामाग्रीको व्यवस्थापन, गाँउमा उत्पादन भएका कृषी तथा स्थानीय उत्पादनलाई बजार पु¥याउन र बजारबाट दैनिक उपभोग्य सामाग्रि गाँउ लैजान सहजता मिलेको स्थानीय युवा कृष्णप्रसाद भट्टले जानकारी दिनुभयो ।

फिल्म समीक्षा- मेकिङमा गरिब ‘धनपति’

फिल्म– धनपति निर्देशक- दीपेन्द्र के खनाल स्टार कास्ट- खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, रवी गिरी आदि । अघिल्लो वर्ष ‘उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक’ ...