राप्रपा सरकारबाट बाहिरियो

काठमाडौं, वैशाख १८ – राप्रपा सरकारबाट बाहिरिएको छ । सोमबार बिहान र बेलुकी गरेर दुईपटक बसेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी रुपले निर्णय गरेको भन्दै अब सरकारमा बसिरहनु उचित नहुने ठहर बैठकले गरेको उहाँले बताउनुभयो ।

कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेपछि राप्रपा असन्तुष्ट छ । ३७ सिट रहेको राप्रपाका तर्फबाट सरकारमा एक उपप्रधानमन्त्रीसहित ४ मन्त्री थिए ।

नुवाकोटको समुद्रटारमा सुनचाँदी पसलबाट छब्बीस तोला सुन चोरी

नुवाकोट, १३ भदौ,दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै ...