मतदाता नामावलीमा उम्मेद्वारकै नाम नभएपछि…

स्थानीय तहको निर्वाचनका लागि पहाडि संरचना रहेको नुवाकोटमा विहीवार दावी विरोधपछि केहि उम्मेदवारहरुको उम्मेदवारी खारेज भएको छ । मतदाता नामावलि नै नभएकालेसमेत उम्मेदवारी दिएको रहस्य खुलेको छ ।

उम्मेदवारी दिएका दलका उम्मेदवारकै २१ व्र्ष उमेर नपुगेको, मतदाता नामावलिमा नाम नभएको, समर्थक र प्रस्तावक नभएको पुष्टि भएपछि नेपाल परिवार दलवाट विदुर नगरपालिकाको सदस्य पदमा उम्मेदवारी दिएका तीन जनाको उम्मेदवारी रद्ध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटले जनाएको छ । यसरी उम्मेदवारी खारेज भएकाहरुमा सिर्जना वर्देवा, मीनकुमार कुमाल र सरस्वती रिमाल रहेका छन् ।

वर्देवा, कुमालले विदुर नपा वडा नं. ५ को सदस्य तथा रिमालले सदस्यमा उम्मेदवारी दिएकोमा दु्ई दिनपछि खारेज गरिएको सहायक निर्वाचन अधिकृत महिमानसिह विष्टले वताउनुभयो । वर्देवाले विदुर नपा वडा नं. १ को वडा सदस्यमा उम्मेदवारी दिएकोमा उमेर २० वर्ष मात्र रहेको, कुमालको मतदाता नामावलिमा नाम नै नभएको र रिमालको प्रस्तावक र समर्थक नै नभई मनोनयन गरिएको भेटिएपछि खारेज गरिएको विष्टले वताउनुभयो ।

Nirwachan-nuwakot-amale

विदुर नगरमा विभिन्न वडामा वडाध्यक्षको उम्मेदवारी दिएका १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यससंगै विदुर नगरमा विभिन्न पदमा तीनसय उम्मेदवार मात्र भिड्ने भएका छन् ।

नुवाकोटको पर्यटकिय ककनी गाउंपालिकामा एक अध्यक्ष्,ा एक उपाध्यक्ष, तीन वडाध्यक्ष र तीन सदस्यले विहीवार उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा नेपाली कांग्रेसवाट अध्यक्षको उम्मेदवारी दिएका विष्णुवहादुर गुरुङ र उपाध्यक्षमा नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका विष्णु विकले उम्मेदवारी फिर्ता लिएको ककनीका सहायक निर्वाचन अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

नुवाकोटको स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष, ८८ वडाका एक÷एक जना वडाध्यक्ष, सदस्यहरुसमेत चारसय ६४ जना जनप्रतिनिधि निर्वाचित हुन्छन् । १२ स्थानीय तहमा जनप्रतिनिधिका लागि मुख्य तथा साना दल र स्वतन्त्र गरि चारसय ६४ पदका लागि मंगलवार मनोनयन पत्र दर्ताको दिन  विभिन्न पदमा दुई हजार सात जनाले उम्मेदवारी दर्ता गरेकोमा विहीवार विभिन्न पदमा गरेर एकसय जनाले उम्मेदवारी फिर्ता  लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटले जनाएको छ ।

Nirwachan-nuwakot-congress

नुवाकोटको तीन दशक पुरानो विदुर र नयां वेलकोटगढी नगरपालिकामा १९ जना मेयर र उपमेयरमा १४ जनाको उम्मेदवारी परेको थियो । प्रमुख राजनीतिक दलसहित अन्य साना दलले उम्मेदवारी दर्ता गराएकोमा गाउंपालिकाका केहि अध्यक्ष, उपाध्यक्ष तथा अधिकांश वडाध्यक्ष र वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति र स्वतन्त्रबाट गरी मेयरमा ९ जना र उपमेयरमा ८ जनाको उम्मेदवारी परेकोमा फिर्ता लिएनन् । १३ जना वडा अध्यक्षका लागि ८४ जना र सदस्यमा एक सय १२ जनाको उम्मेदवारी परेकामा १५ वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।

Nirwachan-nuwakot-maobadi

मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यसहित  ६७ पदका लागि तीन सय १६ जनाको उम्मेदवारी परेकोमा तीन जना सदस्यको उम्मेदवारी विविध कारणले खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ ।

निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

बाजुरा, ७ मंसिर बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–५ ...