ग्रे गाउँमा पोल गाडेको १० वर्षपछि बिजुली पुग्यो

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको ग्रे गाउँमा पोल गाडेको १० वर्षपछि बिजुली पुगेकोे छ । नेपाल विद्युत प्राधिकरणको २५ लाखको लागतमा गाउँमा बिजुली पुगेको हो । एक सय १० घरधुरीको बसोबास रहेको गाउँमा प्राधिकरणले ८२ वटा मिटर उपलब्ध गराएको छ ।

गत्लाङबाट ग्रेसम्म ७० वटा पोल गाडेर गाउँमा विद्युत सेवा बिस्तार गरिएको प्राधिकरणका धुन्चे केन्द्र प्रमुख सोभितबहादुर क्षेत्रीले बताउनुभयो। गाउँमा विद्युत सेवा बिस्तारका लागि यसअघि नै गाडिएको ३४ वटा पोललाई सुधार गरेर बिजुली लगिएको हो ।

गाउँमा साना उद्योग सञ्चालनका लागि समेत सहायोग पुर्याउनका लागि ५० केभिएको ट्रान्सफर्मर राखिएको छ । २०६४ सालमा गाउँले पटक पटक डेलिकेसन आएपछि जिल्ला विकास समितिले विद्युत सेवा बिस्तारका लागि ३४ वटा पोल गाडेको थियो ।

१० वर्षदेखि गाउँमा बिजुली बाल्नका लागि प्रयास गरेको भएपनि अहिले आएर बिजुली पुर्याउन सफल भएको गे्र आधारभुत विद्यालयका प्रधानाध्यापक सरोज तामाङले बताउनुभयो । गाउँमा बिजुली पुगेपछि स्थानीय उत्साहित भएका छन् ।

रसुवामा मतगणना सुरु

रसुवा मंसिर २१, रसुवामा मतगणना शुरु भएको छ । १ मात्र प्रतिनिधिभिा क्षेत्र रहेको रसुवामा वाम गठबन्धनका जर्नादन ढकाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यबिच ...